गृहपृष्ठ बुटवलमा पुस १५ देखि तीन दिन सडक खाना महोत्सव हुने
बुटवलमा पुस १५ देखि तीन दिन सडक खाना महोत्सव हुने
बुटवल । बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । पुस १५, १६ र १७ गते बुटवल नयाँ बसपार्कदेखि तिनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो । बुटवलमा पत्रकार सम्मेलन गरेर महोत्सवबारे आवश्यक तयारी र प्रक्रिया शुरु गरिएको आयोजक होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही संघका अध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो ।
हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै ब्यबस्थित र उत्कृष्ट बनाउने योजना समेत तय भएको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशमा प्रख्यात रहेका बिभिन्न जातजाती र समुदायका खानाका परिकारहरु समेत रहने महोत्सवमा करिब यहाँ १ सयभन्दा बढी स्टल राखिने उहाँले जानकारी दिनुभयो ।
खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालको भनाइ छ । २५ लाख लागतमा महोत्सव हुनेछ । महोत्सवको आन्तरिक तयारी तिब्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उप-समिति निर्माण गरिएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताउनुभयो ।
सो अवसरमा बरिष्ट उपाध्यक्ष बाबुराम गौतम ,प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी ,द्वितीय उपाध्यक्ष रोमाकान्त पाण्डे लगायतले बोल्दै पर्यटन क्षेत्र र होेटल ब्यसायी एक अर्काका परिपुरक भएको बताएका छन् । तीन दिनको सो महोत्सवमा प्रवेश नि:शुल्क ब्यबस्था गरिएको छ ।





