२०८३ जेठ १० गते आइतवार | May 24, 2026

गृहपृष्ठ सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको गैडहवा गाउँपालिकाद्वारा डोजर चलाउन सुरु

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको गैडहवा गाउँपालिकाद्वारा डोजर चलाउन सुरु

रुपन्देही । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको गैडहवा गाउँपालिकाले डोजर चलाउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटक-पटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेपछि पालिकाले डोजर चलाउन सुरु गरेको हो । यस्तै मंगलबार पालिकाले वडा नं. ७ बगरगदहवा टोलमा रहेको गाउँमा रहेको दुई वटा जस्ता पाता टिनले छाएको र खपडाले छाएको घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा गैडहवा गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल बताउनुभयो ।

अध्यक्ष पौडेलले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना हटाइएको बताउदै अब वाड नं. १ देखि ९ सम्मनै सडक को दायाँबायाँ र सार्वजनिक ठाउँमा अतिक्रमण गरेर बनाएका सबै संरचना हटाइने बताउदै गाउँपालिका बिकासमा सबैले सहयोग गर्न आग्रह गर्दै सार्वजनिक ठाउँ अतिक्रमण हटाउन सहयोग गरेकोमा सुरक्षा निकाय टोल संस्था वाड अध्यक्ष सदस्य कार्यपालिका सदस्यहरुलाइ धन्यवाद दिनुभयो र त्यस्तो अतिक्रमण भएको ठाउँ भए गाउँपालिकामा खबर गर्न गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो।

सर्वसाधरणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने अन्र्तगत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउन सुरु गरिएको गैडहवा गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष लाल बहादुर केवटले बताउनुभयो । अध्यक्ष केवटले वाड नं. ७ मा सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्र्तगत कार्य सुरु भएको भन्दै कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भए आफुहरुलाई सूचना दिन आग्रह गर्नुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव पौडेल सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नाँप जाँच पश्चात एकिन गरेर भत्काउन सुरु गरेको र अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको बताउनुभयो ।

गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाको साथ, सुझाव/सल्लाह आवश्यक रहेको बताउदै ‘हामीहरु कसैले निर्माण गरेको घर/संरचना भत्काउन चाहदैनौँ तर सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले पनि कुनै संरचना निर्माण नगर्न आग्रह गर्नुभयो । अतिक्रमण संरचना हटाउन वाड अध्यक्ष कार्यपालिका सदस्य नेपाल प्रहरी शस्त्र प्रहरी र स्थानीयको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार