गृहपृष्ठ अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिबेशन बर्दियामा हुने
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिबेशन बर्दियामा हुने
बुटवल । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको विस्तारित बैठक बुटवलमा सम्पन्न भएको छ । भेलाबाट यहि माघ मसान्त सम्म मा सबै पालिका स्तरको अधिवेसन सम्पन्न गर्ने निर्णय गरेको छ । केन्द्री सदस्य तथा प्रदेश सचिव महेन्द्र गिरीका अनुसार जिल्ला अधिवेशन प्रदेशका सबै १२ वटै जिल्लामा एकै साथ यहि फागुन १२ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश अधिवेसन यहि फागुन १९ र २० गते बर्दियामा गर्ने निर्णय भएको प्रदेश ईन्चार्ज तथा पुर्व मन्त्री आरती पौडेलले जानकारी दिईन । विस्तारि बैठकलाई संबोधन गर्दै अखिल नेपाल किसान महासंघका राष्ट्रिय उपाध्यक्ष कमलराज श्रेष्ठले किसान जागरणको अभियान नेपालमा नयाँ ढंगले सुरुवात भएको बताए ।
उनले किसानहरुको पक्षमा विगत लामो समय देखि आन्दोलन भएपनि अपेक्षाकृत परिर्वतन नआएको भन्दै अव निर्णयक आन्दोलन गर्नुको विकल्प नभएको बताएका थिए । उनले किसान आन्दोलनको कारण केही समय पहिला देखि सरकारले आफै तोकेर पनि खरिद नगरेको न्यूनतम सर्मथन मुल्यमा अहिले धान खरिद सुरुवात गरेको भन्दै जुन किसान आन्दोलनकै उपलब्धी भएको बताए ।
यस्तै भेलालाई संवोधन गर्दै राष्ट्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश ईन्चार्ज सूर्य शाहीले किसानको आन्दोलनमा सबैले साथ र सहयोग गर्नपर्ने बताए । भेलामा राष्ट्रिय कसमितका उप महासचिव बाबुराम थापा, स्थायी कमिटि सदस्य कविराम अर्याल , राष्ट्रिय कमिटि सदस्य तथा प्रदेश कोषाध्यक्ष राजन आचार्य, पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य शालिकराम पौडेल, मनोनित प्रदेश सदसस्य मनोहरी चौधरी, प्रदेश कमिटि सदस्य भुपलाल खनाल, माया रायमाझी, ऋषव पोखरेल लगायतको सहभागीता रहेको थियो ।
भेलालाई संम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्वप्रदेश कृषि मन्त्री आरती पौडेलले किसानको पक्षमा सरकारले नीतिगत सहित व्यवहारिक निर्णय कार्यन्वयन नगरेसम्म आन्दोलनका कार्यक्रमहरु निरन्तर अगाडी बढ्ने बताईन । उनले आगामी प्रदेश अधिवेसन सफल बनाउनको लागि सबैको साथ र सहयोगको अपेक्षा समेत गरिएको बताईन ।