२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नुहाईधुवाइ घसिदिने तेलै हरायो रे, हो र ?

नुहाईधुवाइ घसिदिने तेलै हरायो रे, हो र ?

गजल

बढयो उमेर बालापनको खेलै हरायो रे हो र ?
भाँडाकुटी लुकामारीको बेलै हरायो रे हो र ?

उनी हुन्थिन् आमा, म चाहिँ लाहुरे बाबा हुन्थेँ
छुट्टी सकाइ लाहुर जाने रेलै हरायो रे हो र ?

ससाना भन्ट्याङ भुन्टुङ बच्चा हुन्थे कपडाकै
नुहाइ धुवाइ घसिदिने तेलै हरायो रे हो र ?

छोराछोरी पाल्ने भनि मेलापात नि गरेको है
लेक बेसी खेत बारी मेलै हरायो रे हो र ?

ठुला भइयो आफ्नै बाटो भइयो छुट्टाछुट्टै
हातभरी उठेका ती ठेलै हरायो रे हो र ?

एक्लो प्रितम खड्का 
                                        रुपन्देही

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार