गृहपृष्ठ जय जयकार छ यहाँ
जय जयकार छ यहाँ
-कविता-
अहिले बजार छ
अनि गुलजार छ,
हजार गाली गर्न जान्नेहरूको!
जय, जयकार छ,
अनि चित्कार छ !
पार्टीहरू जुटाउन जान्नेहरुको
पार्टी फुटाउन मान्नेहरुको
पाखुरी समाई तान्नेहरुको ।
जुट्यो हामी,
हामी फुट्यो ।
भन्दै र गर्दै नौटंकी अंकमाल,
केही क्षणलाई धान्नेहरुको,
केही क्षणलाई मान्नेहरुको,
सधैँभरीलाई ठान्नेहरूको !
जय जयकार छ यहाँ,
जय जयकार छ
जान्ने, मान्ने र धान्नेहरूको,
जान्ने, मान्ने, हान्ने अनि तान्नेहरूको ।
( पशुपति अधिकारी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्रकेन्द्रीय विभागमा सह-प्राध्यापक हुनुहुन्छ। )





