२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण पुस्टि हुने र जित्नेको संख्या लगभग उस्तैउस्तै ,२० जनाको संक्रमणबाट मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण पुस्टि हुने र जित्नेको संख्या लगभग उस्तैउस्तै ,२० जनाको संक्रमणबाट मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार