गृहपृष्ठ बढ्यो सुनको भाउ : आज तोलाको कति पुग्यो !
बढ्यो सुनको भाउ : आज तोलाको कति पुग्यो !
काठमाण्डाै – सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।सुनकाे भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजोजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै काठमाडौँ – बिहिवार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ २४ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ १५ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३२ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ तोकिएको छ ।





