गृहपृष्ठ त्रि वि द्वारा परिक्षा आवेदन फारम भर्ने म्याद थप (सुचना सहित)
त्रि वि द्वारा परिक्षा आवेदन फारम भर्ने म्याद थप (सुचना सहित)
काठमाडौं,११।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप गरेको छ । स्नातक तह चौथो वर्षको व्यवस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने समय थप गरेको हो ।
विश्वविद्यालयले २०७८ सालमा सञ्चालन हुने परीक्षाका लागि आवेदन फारम भर्ने समय कार्तिक १० गते सम्म कायम गरेकोमा विचमा विदाको समय परेको हुँदा उक्त सूचनालाई संसोधन गरि कार्तिक ११ गते देखि १७ गते सम्म नियमित शुल्क र कार्तिक मसान्त सम्म दोब्बर दस्तुर लाग्ने जानकारी गराउँदै समय थप गरेको जनाएको छ ।
साथै नियमित शुल्कको समय पश्चात इन्ट्री गर्न केहि दिन सर्भर बन्द हुने र कार्तिक २५ गते देखि दोब्बर शुल्कको लागि खुल्ला गरिने जनाएको छ ।
हेर्नुहोस्:






