२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आइपिओ निस्कासन कहिले हुदै ? हेर्नुहोस पुरा जानकारी।

सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आइपिओ निस्कासन कहिले हुदै ? हेर्नुहोस पुरा जानकारी।

नेपालीहरु माझ विश्वसनीय बन्दै गईरहेको सर्वोत्तम सिमेन्टले चैत्रको पहिलो हप्ता भित्र साधारण सेयर जारी गर्ने भएको छ ।

स्रोतका अनुसार गत माघ ६ गते बसेको कम्पनीको साधारणसभाबाट बुक विल्डिङमार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको हो। बिक्रि प्रबन्धक नियुक्तिको काम साधारणसभाले सञ्चालक समितिलाई जिम्मा दिएको छ । कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

त्यस्तै कम्पनीले साधारणसभा बाट ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो। बुक विल्डिङको नियम अनुसार पारित भएको ६० लाख कित्तामध्ये २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याएर बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिने भएको छ ।

स्रोत:- gothalosamachar

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार