२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ ग्रीनलाइफको IPO आज प्रि अलोटमेन्ट हुदै , बाडफाड कहिले हेर्नुहोस ?

ग्रीनलाइफको IPO आज प्रि अलोटमेन्ट हुदै , बाडफाड कहिले हेर्नुहोस ?

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीले आज मङ्गलबार प्रि अलोटमेन्ट गर्ने तयारी गरेको छ ।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।मागभन्दा धेरै आवेदन परेकोले न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

यसरि गर्दा ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। ७५.७ प्रतिशतको हात खालि रहने छ ।

कम्पनीले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार