२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज IPO भर्ने अन्तिम दिन , पर्यो भने मालामाल हुने।

आज IPO भर्ने अन्तिम दिन , पर्यो भने मालामाल हुने।

महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ भर्नु भयो ? नभरेको भए आजै कार्यलयको समयभित्र आवेदन दिनुहोस् । किन आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागी लगानीकर्ताहरुलेआवेदन दिन सक्नेछन् ।

लघुतित्तको आईपीओमा (सोमबार) साँझ ५ः३० बजे सम्ममा ८ लाख ९३ हजार ९ सय ५४ जना आवेदकबाट १ करोड ३६ लाख ५२ हजार ८५० कित्ताको आवेदन भेरीफाई भएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले जनाएको छ । यो माग भन्दा ३३ गुणा बढीको आवेदन हो । आज सम्ममा कम्पनीको आईपिओमा माग संख्या भन्दा १ करोड ३२ लाख ७७ हजार ८ सय ५० बढि कित्ताका लागि आवेदन परेको हो ।

त्यसैगरी कम्पनीले माग गरेको ३ लाख ७५ हजार कित्ता सेयर न्यूनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्र आइपिओ पाउनेछन् । यसरी हेर्दा कम्पनीको आइपिओमा आवेदन दिने मध्य ८ लाख ५६ हजार ४ सय ४५ जनाको हाज खालि हुने पक्का भएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । आज सम्ममा माग भन्दा धेरै आवेदन परिसकेकाले आवेदकलले न्यूनतम १० कित्ताका लागि मात्र आवेदन दिनु उपर्युत्त देखिन्छ । अर्थ संसारबाट।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार