गृहपृष्ठ आज पनि बढ्यो नेपाल इन्फ्रास्ट्रकचरको शेयर मूल्य , कति पुग्यो हेर्नुहोस ?
आज पनि बढ्यो नेपाल इन्फ्रास्ट्रकचरको शेयर मूल्य , कति पुग्यो हेर्नुहोस ?
नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा लगातार तेस्रो दिन सकारात्मक सर्किट लागेको छ । मंगलबार नियमित कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
दोस्रो दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । अहिले सम्ममा बैंकको शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४५२ पुगेको छ ।






