गृहपृष्ठ जान्नुहोस, यसरी गर्न सकिन्छ घर बसी-बसी शेयर खरिद बिक्री
जान्नुहोस, यसरी गर्न सकिन्छ घर बसी-बसी शेयर खरिद बिक्री
अब शेयर किनबेच गर्न ब्रोकर कम्पनीको कार्यालयमा भिड लाग्नुपर्ने बाध्यता हटेको छ। अब घरबाटै सेयर किनबेच गर्न सकिन्छ, तर यसका लागि केहि प्रक्रियाहरु भने पुरा गर्नु पर्नेछ ।
लगानीकर्ताहरुले सबैभन्दा पहिले ब्रोकर कार्यालयमा गएर केवाईसी र्फम अध्यावधिक गर्नु पर्ने हुन्छ । र्फममा अनलाइन खाता रोजेकाले स्वंयम् कारोबार गर्न सक्छन् भने अफलाइन खाता भएका लगानीकर्ताहरुले ब्रोकरको माध्यमबाट मात्र कारोबार गर्न सक्छन् ।
ब्रोकरले केवाईसी र्फम रुजु गरी कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा लगानीकर्ताको खाता खोली यूजर नेम र पासवर्ड ई-मेल ठेगानामा पठाउँछ । प्राप्त यूजर नेमअनुसार पासवर्ड रिसेट गरी ब्रोकरले उपलब्ध गराएको कारोबार लिमिट र यूआरएल प्रयोग गरेर लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।
यसपूर्व ब्रोकर कार्यालयमा सही ई-मेल ठेगाना र सम्पर्क नम्बर लगानीकर्ताले उपलब्ध गराउनु पर्नेछ । आफ्नो यूजरनेम तथा पासवर्ड सुरक्षित राख्नेतर्फ पनि लगानीकर्ताले ध्यान दिनुपर्छ ।
ब्रोकर कार्यालयले उपलब्ध गराएको यूआरएल इन्टरनेटमा हालेपछि यूजरनेम र पासवर्ड माग्नेछ । पासवर्ड परिवर्तनका लागि त्यहाँ देखिएको फरगट पासवर्ड अप्सनमा क्लिक गर्नुपर्छ । त्यसपछि ईमलेमा एउटा लिंक आउँछ, जसलाई खोलेर पासवर्ड परिवर्तन गर्न सकिनेछ ।
पासवर्ड परिवर्तन भइसकेपछि लग इन गर्दा वान टाईम पासवर्ड विन्डो खुल्नेछ । वान टाइम विन्डोमा ओटीपी कोड हाल्नु पर्ने हुन्छ, जुन ईमेलमा प्राप्त हुन्छ । ओटीपी कोड हालिसकेपछि अनलाइन कारोबार गर्न सकिन्छ ।





