२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ यी हुन् बम्पर लाभांश दिएर शेयरधनीलाई मालामाल पार्ने कम्पनी

यी हुन् बम्पर लाभांश दिएर शेयरधनीलाई मालामाल पार्ने कम्पनी

पछिल्लाे समय नेपाली शेयर बजारमा लाभांश र साधारण सभाकाे लहर चलिरहेकाे छ । कुन कम्पनीकाे कति लाभांश, कुनकाे धेरै कुनकाे थाेरै जस्ता विषयमा शेयरधनी तथा लगानीकर्ताहरूकाे चासाे रहेकाे हुन्छ । साेही चासाेलाई मेटाउन आज हामी यहाँ यस आर्थिक वर्षकाे हालसम्म घाेषणा गरिएमध्ये बम्पर लाभांश दिएर शेयरधनीहरूलाई मख्ख पार्ने २२ कम्पनीकाे कुरा गर्न गइरहेका छाैँ । बम्पर लाभांश घाेषणा गर्ने कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. हिमालयन डिष्टिलरी लिमिटेड:- हिमालयन डिष्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशत बोनस शेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २९ गते, बुधबार, कम्पनीकाे केन्द्रिय कार्यालय, पर्सामा हुने बीसाैँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. युनिलिभर नेपाल लिमिटेड:- युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश मंसिर १६ गते, मंगलबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

३. नबिल बैंक लिमिटेड:- नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा हुने बैंककाे ३६औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गते बुकक्लोज गरेको छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड:- वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पौष २८ गते मंगलबार हुन लागेकाे नवाैँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

५. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड:- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २९.२३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षकाे असार मसान्तसम्म कायम चुक्ता पूँजीकाे ३६.१ प्रतिशत बाेनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । तर, यस आर्थिक वर्षमा इन्स्याेरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातकाे चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएकाे हाे।

६. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड:-छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पाैष २९ गते बुधबार हुन लागेकाे १९औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

७. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड:- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २९ गते, बुधबार, गेट वे हिमालय रिसाेर्ट, बेसिशहर-९, लमजुङमा हुन लागेकाे ८औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गते एकदिन बुकक्लोज गरेको छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

८. समता लघुवित्त वित्तीय संस्था लिमिटेड:- समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पुस १४ गते, मंगलबार सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

९. साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड:- साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २८ गते, मंगलबार, संस्थाकाे रजिष्टर्ड कार्यालय, सुबिधानगर, तिनकुने, काठमाडाैँमा हुन लागेकाे संस्थाकाे १९औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

१०. बुटवल पावर कम्पनी लिमिटेड:- बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २८ गते, मंगलबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा हुन लागेकाे २८औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १७ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

११. शिवम सिमेन्ट लिमिटेड:- शिवम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश कार्तिक २४ गते, साेमबार सम्पन्न भएकाे कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

१२. मञ्जुश्री फाइनान्स लिमिटेड:- मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पाैष २९ गते बुधबार हुन लागेकाे १३औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

१३. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड:- लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पाैष २९ गते बुधबार हुन लागेकाे नवाैँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

१४. स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड:- स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस शेयर र १.०३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पाैष २९ गते बुधबार हुन लागेकाे चाैथाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

१५. एनआईसी एशिया बैंक लिमिटेड:- एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश मंसिर २१ गते, आइतबार सम्पन्न भएकाे बैंककाे २३औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

१६. आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड:-आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । उक्त लाभांश मंसिर २२ गते, साेमबार सम्पन्न भएकाे संस्थाकाे २२औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ।

१७. एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड:- एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २७ गते साेमबार, हाेटल पाेखरा, ग्रान्ड, पार्दी, पाेखरामा हुन लागेकाे ८औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

१८. हिमालयन बैंक लिमिटेड:- हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २७ गते, साेमबार, बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा हुन लागेकाे बैंककाे २८औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

१९. चिलिमे जलविद्युत कम्पनी लिमिटेड:- चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष १२ गते, आइतबार सम्पन्न भएकाे २४औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

२०. विजय लघुवित्त वित्तीय संस्था लिमिटेड:- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २९ गते, बुधबार, विजय विकास स्राेत केन्द्र, गैडाकाेट-८, नवलपरासीमा हुन लागेकाे संस्थाकाे ८औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

२१. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड:- साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पाैष २९ गते, बुधबार हुन लागेकाे चाैथाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

२२. स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड:- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्रोत:- laganikhabar

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार