गृहपृष्ठ यस कारण ६ दिन विद्यालय बन्द गर्न आग्रह
यस कारण ६ दिन विद्यालय बन्द गर्न आग्रह
रौतहट । शिक्षा विकास तथा समन्वय इकाई रौतहटले ६ दिनसम्म विद्यालय बन्दका लागि आग्रह गरेको छ । शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुने भएपछि जिल्लाभित्रका सबै स्थानीय तहहरुलाई पत्र लेखेर ६ दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
शिक्षक पेशागत संगठनका अध्यक्षहरुको सिफारिशका आधारमा चैत १३ गतेदेखि १८ गते सम्मका लागि विद्यालयमा स्थानीय विदा गर्न सबै पालिकाका प्रमुखहरुलाई अनुरोध गर्दे परीपत्र जारी गरेको छ ।
पत्रमा भनिएको छ “सेवा आयोगबाट माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहका शिक्षकहरुको खुला तथा बढुवा सम्बन्धी प्रतियोगात्मक परीक्षामा स्थायी करार तथा राहत शिक्षकहरु परीक्षार्थी हुने भएकाले चैत १३ गतेदेखि १८ गते सम्मका बर्षे विदामा कट्टा हुने गरी ६ दिन विद्यालयमा स्थानीय विदा गरिदिनु हुन सिफारिश साथ अनुरोध छ ।”
गौर, राजदेवी, देवाही, गोनाही, गरुडा, गढीमाई, माधव नारायण,वृन्दा वन, चन्द्रपुर,गजुरा, फतुवा विजयपुर,मौलापुर, बौधीमाई, पर्रोहा, रमजपुर र इशनाथ नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिकाका प्रमुखलाई विद्यालय बन्द गर्न अनरोध गरेको छ ।





