२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ विश्वका १० प्रदूषित देशमा नेपाल कति औं स्थानमा पर्यो हेर्नुहोस् ?

विश्वका १० प्रदूषित देशमा नेपाल कति औं स्थानमा पर्यो हेर्नुहोस् ?

काठमाडौं । राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसावले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ ।

तथ्यांक अनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित शहरहरु मध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबै भन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँद र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।

आक्युएयरले संग्रह गरेको तथ्यांक अनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषण सम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका शहरहरु मध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए । ११७ देशका ६ हजार ४७५ शहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।

कम्तिमा ९३ शहरहरुको पीएम २ दशमलब ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।

‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।

विश्वका दश प्रदूषित देशहरु : 

१. बंगलादेश
२. चाँद
३. पाकिस्तान
४. ताजकिस्तान
५. भारत
६. ओमन
७. क्रिगिजिस्तान
८. बहराइन
९. इराक
१०. नेपाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार