गृहपृष्ठ लोकदोहरी गायक अनिश खड्काले तीज गीत चखेवा सार्बजनिक
लोकदोहरी गायक अनिश खड्काले तीज गीत चखेवा सार्बजनिक
हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन नयाँ नयाँ तीज गीतहरु बजारमा आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गायक अनिश खड्काले तीज गीत चखेवा सार्बजनिक गरेका छन् ।
अनिश खड्काको सङ्गीत संयोजन , छायाङ्कन र सम्पादन रहेको उक्त गीतमा निकै चर्चित गायिका समिक्षा अधिकारि अनिश खड्का र अनुस बन्जाडेले आवाज दिएका छन् । शब्द र लय टिकाराम ढकालको रहेको छ । रुबिना अधिकारी र माधव मगरको अभिनय रहेको उक्त गितमा भिडियो निर्देसन राजु महत्राले गरेका छन् ।
नृत्य निर्देशन बिक्रम परियारको रहेको छ । रेयान्सी खड्काको प्रस्तुतिमा रहेको उक्त गित सप्तक फिल्मको ब्यानरमा भिडियो निर्माण गरिनुका साथै अनिश खड्का युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।





