२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं, ४ पुस। गीतकार राजेन्द्र थापालाई नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ मा ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा ‘पोहोर साल खुशी फाट्दा…’, ‘पर लैजाउ फूलहरू…’, ‘क्या दामी…’, ‘याद गर्न पनि…’, ‘गाला रातै…’, ‘पहिलो नम्बर…’लगायतका गीतका रचनाकार थापालाई दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।

आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान’, पत्रकार विदुर गिरीलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’, गायक हेमन्त शर्मा र गायिका सीता थापालाई ‘म्यूजिक खबर दशकको स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।

यसैगरी गायक राजु ढकाललाई ‘युवा प्रतिभा संगीत सम्मान’, गायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने आयोजकले जनाएका छन् । पुरस्कार र सम्मान निकट भविष्यमै काठमाडौंमा आयोजना हुने आयोजकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार