२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ डा.बिष्णुमुर्ती भट्टराईको शब्द रचना र श्रीधर अधिकारीको संगीतमा “बम्बै रेलैमा” गीत सार्वजनिक

डा.बिष्णुमुर्ती भट्टराईको शब्द रचना र श्रीधर अधिकारीको संगीतमा “बम्बै रेलैमा” गीत सार्वजनिक

बुटवल । डा.बिष्णुमुर्ती भट्टराईको रचना,श्रीधर अधिकारीको सुमधुर संगीतमा श्रीधर अधिकारी र पुजा देवकोटाको कर्णप्रिय अवाजमा सजिएको गित ‘बम्बैई रेलैमा’बजार मा आएको छ।

मोडल जुनु एस डी र नवप्रतिभाको रुपमा अर्जुन ढकालको अभिनय गीतमा देख्न पाईन्छ। पेसाले भारतिय आर्मीमा आबद्ध अर्जुन ढकालको नेपाली गीत सङित प्रती बिशेस माया र अभिनय मा विशेष रुचि रहेको पाइयो। गीतमा दीपक श्रेष्ठको निर्देशन रहेको छ भने , गीतको छायकन दिपान्सु श्रेष्ठले गरेका छन् भने , भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका छन।

बुटवलको रमणीय क्षेत्र र बेलबास एरियामा छायांकन गरिएको यस भिडीयोमा छुट्टीमा घर आएको एक आर्मी र गाउमा रहेकी उस्ले मन पराएको मायालुको माया प्रेमको बारेमा देखाइएको छ। पेशाले चिकित्सक डा.बिष्णुमुर्ती भट्टराईको बिशेष रुचि आधुनिक गीत लेखनमा भएपनि पछील्लो समयमा आफ्नो कलम सबै खाले गीत लेखनमा चलाइरहेका छन। यसै क्रममा उनकै शब्दमा लोक दोहोरी गीत बम्बैई रेलैमा बजारमा आएको छ। केहि समय अघि मात्र उनकै रचनामा ‘मेरो तस्बिर’ गीत बजारमा आएको थियो । जसले स्रोता दर्सकको राम्रो माया पाइरहेको छ। यस गीतका कलाकार अर्जुन ढकालको आफ्नै youtube channel Arjun Dhakal Offical बाट गित बम्बैई रेलैमा बजार मा आएको छ। गीत निकै नै रोमाञ्चक र सुमधुर रहेकोले बम्बैई रेलैमा टिम सफलता प्रति निकै आसावादी रहेको टिमले बताएको छ । हाम्रो तर्फ बाट पनि धेरै धेरै शुभकामना ।

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार