गृहपृष्ठ स्वाद र औषधिले भरिपूर्ण अमलाको जुसमा पाईने फाईदाहरु जान्नुभयो भने तपाईंहरु खोजी खोजी खानुहुनेछ
स्वाद र औषधिले भरिपूर्ण अमलाको जुसमा पाईने फाईदाहरु जान्नुभयो भने तपाईंहरु खोजी खोजी खानुहुनेछ
स्वाद र औषधिले भरिपूर्ण अमलाको जुसमा पाईने फाईदाहरु जान्नुभयो भने तपाईंहरु खोजी खोजी खानुहुनेछ । अमला प्रकृतिले दिएको अमूल्य उपहार हो । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । अमला खानाले आँखाको शक्ति बढ्छ । रोचक त के छ भने साना बालबालिकालाई झाडा-पखाला लागेका बेला यो खुवाउँदा सोको नियन्त्रण समेत गर्छ ।
आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको महत्व धेरै छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाका कतिपय समस्यालाई पनि हटाउँछ । अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्रिफलाको ३ औषधि मध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ ।
अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा तितौराको रुपमा प्रयोग गर्न सकिन्छ । यो सिजनमा अमला सजिलै पाइन्छ । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । समग्रमा अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ । यसर्थ स्वाद र औषधिले भरिपूर्ण अमलाको अचार वा तितौराका साथै यसको जुस बनाएर पनि पिउने गरौं ।
यस्ता छन् अमलाका फाइदाहरु :
१. अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्त पनि राख्छ । अझ महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढै राख्छ । रक्त सञ्चालन गराउँछ र मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउने गर्छ ।
२. अमलाले रगतमा चिनीको नियन्त्रण गर्छ । चिकित्सकले समेत डाइबिटिज ९मधुमेह रोग०का बिरामीलाई अमला खान सल्लाह दिने गर्छन् । अमलालाई मुरब्बा, जुस, अचार जे बनाएर खान सक्नुहुन्छ । यसले मेटाबोलिज्म बढाएर शरीरलाई तागत दिन्छ । यसमा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउने गर्छ । अमला खाँदा कब्जियत, अपच, पखाला जस्ता समस्या समाधान गर्छ ।
३. अमलाले कपाललाई पनि निकै फाइदा पुर्याउँछ । यसले कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँछ । यसले कपाललाई टुञक्रञनबाट रोक्छ । अमला खानुका साथै कपालमा कुञटेञर लगाउनाले पनि कपाल राम्रो हुन्छ । ४० अमलाले आँखाको ज्योति बढाउन मद्दत गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाइदा पुग्ने गर्छ । रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ ।
५. अमलामा पानीको मात्रा पनि हुन्छ यसले पि(साब सम्बन्धी समस्या हटाउने गर्छ । अमलाले अनावश्यक नून, एसिडलाई पनि पिसाबका माध्यमले बाहिर निकाल्ने गर्छ । यसका कारण युरिक एसिड, मिर्गौलाका समस्या हटेर जान्छ । ६० कोही मानिस उमेरै नपुगी बुढो देखिन्छन् । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्छ । अमलाको सेवनले अनिद्राको समस्या कम हुन्छ ।





