गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप यति कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप यति कोरोना संक्रमित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् ।





