२०८२ चैत २१ गते शनिवार | April 04, 2026

गृहपृष्ठ तिलोत्तमा नगरपालिका बन्यो मुलुककै पहिलो अन्तराष्ट्रिय मापदण्ड प्रमाणित नगरपालिका

तिलोत्तमा नगरपालिका बन्यो मुलुककै पहिलो अन्तराष्ट्रिय मापदण्ड प्रमाणित नगरपालिका

तिलोत्तमा । अन्तराष्ट्रिय गुणस्तर प्रमाणित नगरको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका सुचिकृत भएको छ। देशभरमै पहिलो पटक तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एप्लिकेशन फ़ाउण्डेशन अमेरिकाद्वारा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको हो।

मंगलबार नगरपालिका परिसरमा भएको एक भब्य समारोहका बीच आइएसवो सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन् । देशभरमा अन्य केहि पालिकाले समेत प्रक्रिया अगाडी बढाइरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकाले सो मापदण्ड सहित ३६ सूचक पुरा गरि सो प्रमाणपत्र प्राप्त गरेको हो।

सो भब्य समारोहमा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, नगर प्रबक्ता सुरेन्द्र श्री, वडा अध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार