२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ कोरोना अपडेट : पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुस्टि

कोरोना अपडेट : पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुस्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् । हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार