२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ निर्वाचन बदरको माग सहित प्रशासनमा ज्ञापनपत्र

निर्वाचन बदरको माग सहित प्रशासनमा ज्ञापनपत्र

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको गत जेठ ३० मा सम्पन्न अधिवेसन बदरको माग सहित जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन पेश भएको छ । महासंघको दाङ जिल्लामा सम्पन्न अधिवेसनबाट अध्यक्षमा निर्वाचित हुमनाथ अधिकारी उपर कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सैनामैना नगरपालिकाका ८ का स्थानीय समेत रहेका नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरानीनीले निवेदन दर्ता गराएका हुन ।

नेपाल सरकारको सेवा तलव भत्ता लिने सालझण्डी माविका प्राथमिक तहको स्थायी शिक्षक समेत रहेका अध्यक्षमा निर्वाचित अधिकारी सहित अन्य पदमा समेत स्थायी शिक्षकहरु निर्वाचित भएकोले निर्वाचन बदको माग गरिएको हो । नेपाल सरकाले गरेकोशिक्षा ऐन २०२८ दफा १६(ङ) को (५) को चमा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम वा कुनै व्यवसायीक क्रियाकलपा गर्न नहुने व्यवस्था रहेको र शिक्षा नियमवयाली २०५८ को परिच्छेद २२ शिक्षक तथा विद्यार्थीको आचार संहित नियम १३३(क), (ख), (ङ) र (ज)मा भएको व्यवस्थित गरेको कार्य विवरित रहेको भन्दै कारवाहीको माग गरिएको हो ।

एउटा गैरसरकारी संस्थाको अध्यक्ष सहित पदाधिकारीमा स्थायी शिक्षकले नियुक्ती हुँदा नेपाल सरकारले जारी गरेको परिपत्र भन्दा विपरित रहेको भन्दै कारवाहीको माग गरिएको निवेदक बालकृष्ण मरासीनीले जनाएका छन् । नेपाल सरकारको स्थायी शिक्षकको रुपमा रहेका व्याक्तिहरुले गैर सरकारी संस्थाको विभिन्न पदमा बस्दै ठेकेदारी काम गर्दै जाँदा त्यसको प्रत्यक्ष असर शिक्षा सहित अन्य निकायमा समेत पर्ने भएको कारण प्रमुख जिल्ला अधिकारी मार्फत कारवाहीको माग गरिएको निवेदक बालकृष्ण मरासीनीको भनाई छ ।

साथै गत जेठ ३० गते दाङ जिल्लामा भएको दोस्रो अधिवेसनमा निर्वाचन प्रक्रियामा समेत निर्वाचन मण्डलले बलजफ्ती निर्वाचन गरेको भन्दै निर्वाचनका सबै प्रक्रिया खारेज गरी पुनः मतदानको माग समेत गरिएको छ । अध्यक्षमा निर्वाचित हुमनाथ अधिकारी रुपन्देहीको सैनामैना १० सालझण्डी निवासी हुन भने उनी लामो समय देखि सालझण्डी माविमा प्रावि तहको स्थायी शिक्षकको रुपमा कार्यरत रहेका छन् । उनी स्थायी शिक्षक रहदाँ बखत नेपाली काग्रेस बाट क्षेत्रीय प्रतिनिधी समेत चयन भएका छन् ।

यस्तो छ  ज्ञापनपत्र :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार