२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय १ पिसिआर परीक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६६ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ९६ जना निको भएका छन् । हाल नेपालमा ३ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार