गृहपृष्ठ रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह बनाउने अभियानको सुरुवात
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह बनाउने अभियानको सुरुवात
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह बनाउने अभियानको सुरुवात गरिएको छ । राष्ट्रिय युवा परिषद् ,जागृति बाल क्लब तथा युवा सरोकार नेपाल, UNDP र UNISEF नेपालले नगरपालिकासंग साझेदारी गरेर युवा तथा किशोर किशोरीमैत्री स्थानीय शासन प्रवर्दन कार्यक्रममार्फत अभियानको सुरुवात गरिएको हो ।

७५३ स्थानीय तह मध्ये अहिले नमुनाका रुपमा सात प्रदेशका एकएक स्थानीय तह छनोट गरि युवामैत्री स्थानीय शासन कार्यक्रम लागु गर्न खोजिएको छ । शुक्रबारबाट तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले अभियानको सुरुवात गर्नुभएको छ । जनाप्रतिनिधि सरोकारवालाहरुको सहभागितामा युवा तथा किशोर किशोरीमैत्री स्थानीय शासनसम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको सुरुवात गर्दै तिलोत्तमालाई युवामैत्री स्थानीय शासन प्रवर्दन नगर बनाउन पहिलो चरणको कार्यक्रम सुरु भएको हो । त्यस अवसरमा बोल्दै नगर प्रमुख खाँणले युवाहरुलाई रोजगारीको अवसर शृजना गर्ने, शिक्षित र सचेत बनाउने गरि नीति कार्यक्रम र ल्याइएको उहाँले बताउनुभयो ।

विदेशको ज्ञान, तिलोत्तमाको माटोमा योगदान भन्ने कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिकाले युवामैत्री स्थानीय शासनका लागिअपनाउनुपर्ने र गर्नुपर्ने कामहरु गर्दै जाने तर दिगो रुपमा काम गर्ने उहाँले बताउनुभयो । त्यस्तै गरि कार्यक्रममा तिलोत्तामा नगरपालिका उप-प्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमा नगरपालिकाले युवाहरुको सवालमा थुप्रै काम गर्नुपर्ने बताउंदै स्थानीय सरकारलाई युवामैत्री बनाउन आफुहरु लागिपर्ने उहाँले बताउनुभयो ।
सोहि अवसरमा अभियानकर्मी अधिवक्ता विष्णु’ खत्री, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास सभापति रवी सेन्चुरी, जागृत बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल लगाएतले कार्यक्रममा बोल्दै तिलोत्तमाले युवामैत्री स्थानीय शासन नगर बनाउनुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय युवा विकासका लागि दिर्घकालिन रणनीति युथ भिजन बनाएको छ । दशबर्से रणनीतिक योजना र कार्यक्रममा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उधमशीलता र सिप विकास तथा खेलकुद र मनोरंजनलाई आधार स्तम्भ बनाएको छ । शुक्रबारबाट सुरु भएको तीन दिने कार्यक्रमको शनिबार पनि संचालन भएको छ । शनिबार पनि बिबिध गहन बिषयमा छलफल भएको कार्यकमको समापन भने आइतबार हुनेछ ।










