गृहपृष्ठ बढ्यो नेपालमा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थपिए थप यति जना संक्रमित
बढ्यो नेपालमा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थपिए थप यति जना संक्रमित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।





