२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ४१७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार