२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ दार्चुलामा ट्रक दुर्घटना, तीनको मृत्यु

दार्चुलामा ट्रक दुर्घटना, तीनको मृत्यु

दार्चुलामा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिंह कार्की र अन्य दुईजना रहेका छन् ।

बाँकी दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिए । गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१ भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । आइतबार राति दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।

@deukhuri today

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार