गृहपृष्ठ लागुऔषध सहित ४ जना मानिस पक्राउ
लागुऔषध सहित ४ जना मानिस पक्राउ
रुपन्देही,१६ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं. ११ पवित्रानगर स्थित चेकजाँच गर्ने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ शिवनगर बस्ने २९ बर्षिया शंकर नेपाली,वडा नं.३ बस्ने ३३ बर्षिया केशव गिरी र बुटबल उप-महानगरपालिका वडा नं. ११ बस्ने ३६ बर्षिया दिपक नेपाली समेत गरि ३ जनाको साथबाट करिब ११ ग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी प्रहरीले बरामद गरि प्रहरीले अनुसन्धान कार्य अगाडी बढाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गते विहान अन्दाजी बुटवल उप-महानगरपालिका वडा नं. १७ रानीगन्ज स्थित शंकास्पद रुपमा बसिरहेका चितवन जिल्ला साविक दारेचोक गा.वि.स.वडा नं. ४ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. १७ रानीगन्ज बस्ने ३२ बर्षिया रवि लामालाई फेला पारि निजको शरिर रितपूर्वक खानतलासी गर्दा निजले लगाएको हाल्फ पाईन्टको दाहिने गोजिमा खुकुरी चुरोटको बट्टा भित्र सेतो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा ५०० मिलिग्राम ब्राउन सुगर फेला पारि उक्त व्यक्तिलाई पक्राउ गरी लागुऔषध समेत बरामद गरि निजको साथमा रहेको २ थान मोबाईल समेत बरामद गरि आवश्यक अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरीले जनाएको छ ।






