२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ एमाले पेसागत संगठन विस्तारमा जोड, निजामती कर्मचारी संगठन पाटनको अध्यक्षमा भण्डारी

एमाले पेसागत संगठन विस्तारमा जोड, निजामती कर्मचारी संगठन पाटनको अध्यक्षमा भण्डारी

बैतडी, १७ पुस।  नेकपा एमालेको शुभेच्छुक संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठन पाटन बैतडीको नगर अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले बिस्ना भण्डारीको अध्यक्षतामा २९ सदस्यीय पालिका कमिटी गठन गरेको छ । आजै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर कमिटी पनि गठन गरेको छ । जस अनुसार बीर बहादुर खातीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ ।

यसैगरी स्थानीयतह कर्मचारी हकहित मञ्चको पनि पालिका कमिटी पनि गठन गरिएको छ । बिर्खराज भट्टको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो ।

नगर सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष एवं, बैतडीबाट संघीय सासंद दामोदर भण्डारी रहेका थिए ।

जिल्लाको पुर्चौडी नगरपालिकामा भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर अधिवेशनले दीपेन्द्र बहादुर धामीको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ ।

यसैबिच जिल्लाको दोगडाकेदार गाउँपालिकामा शुक्रबार सम्पन्न निजामती कर्मचारी संगठनको गाउँ अधिवेशनले चक्रदेब भट्टको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार