गृहपृष्ठ राष्ट्रिय भूमि आयोगले माग्यो यति धेरै कर्मचारी यी बिषय अध्ययन गरेकाले आवेदन दिन सक्ने
राष्ट्रिय भूमि आयोगले माग्यो यति धेरै कर्मचारी यी बिषय अध्ययन गरेकाले आवेदन दिन सक्ने
काठमाडौं । राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ । आयोगले सर्भेक्षक र अमिन पदमा ठूलो संख्यामा करार कर्मचारी माग गरेको हो ।
आयोगले सर्भेक्षक १२६ जना र अमिन ७३ जना गरी १९९ जना माग गरेको हो । आयोगले १८ बर्ष पूरा भई ४० वर्ष ननाघेका तर निजामती तथा संस्थान सेवाबाट अवकाश पाएका हकमा ६० वर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।






