गृहपृष्ठ तरकारी खानेकुरा सकिए यी फोन नम्बरमा कल गर्नुहोस् घरमै आउनेछ खाद्यान्न
तरकारी खानेकुरा सकिए यी फोन नम्बरमा कल गर्नुहोस् घरमै आउनेछ खाद्यान्न
काठमाण्डौ उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा बनाइएको छ । यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।
यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम ९मर्निङ र इभिनिङ वाक० मा समेत रोक लगाइएको छ । निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम ९मर्निङ र इभिनिङ वाक० मा समेत रोक लगाइएको छ ।
झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा केही सफलता प्राप्त भएको र अबको एक हप्ता थप कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् । आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो । गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको एक हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
यसैबीच प्रमुख जिल्ला अधिकारी पराजुलीले यो अवधिमा कसैलाई खाद्यान्न अभाव भएमा खरिदका लागि विशेष व्यवस्था मिलाइएको पनि बताउनुभएको छ । कतै खाद्यान्न वस्तुको अभाव भएर खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
अबको एक हप्ताभित्र खाद्यान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९९८५१३२०३१४०, विभागीय प्रमुख भीमबहादुर थापा ९९८५११३६७८५० र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९९८५११२१७८८० लाई फोन गर्न सकिनेछ ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९९८५१०२२५६४०, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९९८५१११३६६००, र प्रज्वल प्रधान ९९८४१३३२९९०० लाई फोन गर्न सकिने काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।






