२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ लघु संस्मरण

लघु संस्मरण

मधुसूदन प्रसाद घिमिरे

ती दिन थिए । रमाइलोमा हिँडिन्थ्यो । साथीभाइहरू अनि शुभचिन्तकहरु थिए । अब ती कुरा पुराना भए । समयले पनि लोग्नेस्वास्नी, बाबू र छोरामा समेत अविश्वास गराँउदै गयो ।

एउटा प्रसङ्ग जोड्न चाहान्छु । चितवन जङ्गल लजमा, कवि द्वारिका श्रेष्ठ, साहित्यकार जलेश्वरी श्रेष्ठको आयोजनामा हामी साहित्यकारहरू चितवन घुम्न जाने अवसर जुरेको थियो । हामीहरुलाई संयोजन गर्ने तथा भोक तिर्खा हेर्ने उदार मनकी धनी लक्ष्मी उप्रेती हुनुहुन्थ्यो । सबै साथीको नाम बिर्सियो पनि । केहीको नाम भन्नुपर्दा केदार शाक्य, दैवज्ञराज न्यौपाने, श्रीओम रोदन आदि साथीका साथ चितवन जङ्गल लज घुम्ने अवसर पाइएको थियो । दुई रात र दिनका खाना, हात्ती चढाउने तथा घुमाउने, जीप यात्राबाट जङ्गली जनावरको क्रियाकलाप प्रत्यक्ष रूपमा देख्न पाइने अवसर प्राप्त भएको थियो ।

राम्रो खाना र सुत्ने राम्रो प्रबन्ध गरिएको त्यो कार्यक्रममा म पनि सरिक हुन पाएको थिएँ । मैले लामै संस्मरण लेखे पनि, छाप्ने अवसर नजुटीरहेको बेला मित्र धनराज गिरिजीले मेरो लेखेको संस्मरण पत्रिकामा छापी दिने विश्वास दिलाइ लिनुभएको थियो । मैले न पत्रिका पाएँ, न त वहाँहरूसँग भेटने अवसर नै जु(यो । लेखेको कपि पनि मसँग हरायो ।

आज जङ्गल लजमा बाँडेको टोपी ९ जबत ० कुन कुनाबाट फेला पारेँ । आदरणीय जलेश्वरी दिदी र कवि आदरणीय द्वारिका श्रेष्ठप्रति श्रद्धाभाव प्रकट गर्दछु । साथीहरूले हामी गएको, फर्केको मिति थाहा दिनुभएको भएको खण्डमा भोलिका दिनहरूमा केही उपयोग गर्न सक्ने थिए कि । आजलाई यो छोटो संस्मरण यहीँ रोकेँ रोकेँ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार