गृहपृष्ठ प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुन: नियुक्ति गर्दै
प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुन: नियुक्ति गर्दै
नेपाल विद्युत प्राधिस्करणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई नै नियुक्त गर्न प्रधानमन्त्री केपि ओलीले योजना अगाडी सारेको भन्ने स्रोतले जनाएको छ ।
देशमा नयाँ सृजित अवस्थामा प्रधानमन्त्री केपि ओलिको आलोचना बढिरहेको बेला प्रधानमन्त्री ओलीले केही राम्रा र सफल भनिएको ब्यक्तिलाई आफ्नो मन्त्रीमण्डल र उच्च पदस्थ ठाउमा नियुक्ति दिन लागेको भन्ने स्रोतको दाबी छ ।
यस अघि नै केलि ओलिको सरकारमा गृहमन्त्रीको रुपमा पुर्व प्रधान सेनापती रुक्माङ्गद कटवाललाई नियुक्ति दिने समाचार बाहिरिएको थियो । त्यस्तोमा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्ति गर्ने योजना सारिनुमा ओलि सरकारले आलोचना खेपी रहेको बेला केही राम्रा काम गरेर आलोचना बाट वचन खोजिएको हुनसक्ने अनुमान समेत गरिएको छ ।
नेपालको चरम लकडाउनलाई जो दैनिक १६ देखि १८ घन्टा सम्मको लकडाउनलाई कुसल ब्यवस्थापन गरेर शुन्यमा झारेका कुलमानको नेपालीको रोजाइमा पर्छन् । यस अघि कुलमान घिसिङ लाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति दिनुपर्ने माग गर्दै देशब्यापी रुपमा घिसिङको समर्थनमा युवाहरु जुटेका थिए ।
तर तत्कालीन अवस्थामा दुई तिहाइ रहेको पार्टी नेकपाको आन्तरिक बिबादले गर्दा घिसिङको पुनः नियुक्ति टरेको थियो । तर केपि ओलिले पुनः घिसिङलाई नियुक्ति गर्ने अपुष्ट समाचार बाहिरीए संगै पुन नेपालमा एक किसिमको खुसी छाएको छ ।





