२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ युरोकप:वेल्सको पहिलो जित

युरोकप:वेल्सको पहिलो जित

 

एजेन्सी । वेल्सले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।

बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे ।

खेलको ४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । कप्तान ग्यारेथ बेलको पासमा उनले गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए । उनले पनि बेलको पासमा गोल गरेका हुन् ।

तर, ६१ औं मिनेटमा कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन् । जेकी सिलिकले पेनाल्टी क्षेत्रमा बेललाई लडाएपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो ।

बेलको पेनाल्टी पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो । यससँगै बेल युरोकपमा पोस्टको फ्रेम भन्दा बाहिर पेनाल्टी प्रहार गर्ने दोस्रो खेलाडी बने । यस अघि स्पेनका राउलले सन् २००० को युरोमा फ्रान्सविरुद्ध फ्रेम भन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए ।

बेल प्लेयर अफ दि म्याच चुनिए ।

Image

यस जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोडेको छ । र, वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

वेल्स शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो ।

दुई हार व्यहोरेपछि पुछारमा रहेको टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार