२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ रामोसले छाडे रियल

रामोसले छाडे रियल

एजेन्सी । रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् ।

रियलले बुधबार कप्तान रामोसले क्लब छाडेको पुष्टि गरेको छ ।

रियलले बिहीबार पत्रकार सम्मेलन गर्दै रामोसको विदाई गर्ने समेत जनाएको छ ।

स्पेनिस सेन्टर ब्याक रामोसको क्लबसँगको समझौता यहिँ जुनको अन्त्यसँगै सकिदैछ ।

३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष बसेर रियल छाडेका हुन् ।

सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।

रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।

रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।

यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार