२०८३ असोज १६ गते शुक्रवार | October 02, 2026

गृहपृष्ठ युरोकप:युक्रेनलाई हराउँदै अष्ट्रिया नकआउट चरणमा

युरोकप:युक्रेनलाई हराउँदै अष्ट्रिया नकआउट चरणमा

एजेन्सी । अष्ट्रिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे ।

खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन् । उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका हुन् ।

Image

यस जितसँगै समूह ‘सी’ मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।

पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो ।

युक्रेन भने समूहको तेस्रो स्थानमा रह्यो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको छ ।

युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ । जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।

पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको थियो । दोस्रो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ ले हराएको थियो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार