२०८३ असोज १६ गते शुक्रवार | October 02, 2026

गृहपृष्ठ सवैको पीसीआर रिपोर्ट नेगेटिभ ,बन्द प्रशिक्षण सुरु ( फोटो फिचर )

सवैको पीसीआर रिपोर्ट नेगेटिभ ,बन्द प्रशिक्षण सुरु ( फोटो फिचर )

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।

खेलाडी र अफिसियलको कोरोना परिक्षण सबैको रिपोर्ट नेगेटिभ आएकाले आजदेखि प्रशिक्षण शुरुहुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो ।

No description available.

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो । सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ ।

क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् ।

व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

No description available.

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी –

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ

No description available.

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार