२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ बटलरको अर्धशतकमा श्रीलंकामाथि इंग्ल्यान्डको जित

बटलरको अर्धशतकमा श्रीलंकामाथि इंग्ल्यान्डको जित

एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको अर्धशतकमा इंग्ल्यान्डले श्रीलंकाविरुद्ध पहिलो टि२० आई खेलमा ८ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै घरेलु टोली इंग्ल्यान्डले तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बटलर ५५ बलमा ८ चौका र १ छक्का सहित ६८ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए । अर्का ओपनर जेसन रोय २२ बलमा ४ चौका र १ छक्का सहित ३६ रनमा आउट भए । पहिलो विकेटका लागि बटलर र रोयले ९.१ ओभरमा ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए । डेविड मलान ७ रनमा आउट हुँदा जोनी बेयरस्टो १३ रनमा अविजित रहे । श्रीलंका ईसुरु उडाना र दुश्मन्था चमिराले १–१ विकेट लिए ।
त्यसअघि कार्डीफमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । तल्लोक्रमका दसुन शनकाले ४४ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । कप्तान कुसल पेरेराले २६ बलमा १ चौका र १ छक्का सहित ३० र ओपनर दनुष्का गेणाथिलकाले १९ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका साम करण र आदिल राशिदले २–२ विकेट लिए । मार्कवुड, क्रिस जोर्डन र लिभिङस्टोनले १–१ विकेट लिए । दोस्रो विहिबार राती हुने छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार