२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ कोपा अमेरिका : काभानीको गोलमा उरुग्वेको जित

कोपा अमेरिका : काभानीको गोलमा उरुग्वेको जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा उरुग्वेले पाराग्वेलाई हराएको छ ।

मंगलबार बिहान उरुग्वेले पाराग्वेलाई १–० ले हराएको हो ।

उरुग्वेको जितमा इडिन्सन काभानीले पेनाल्टीमा एक गोल गरे । खेलको २१ औं मिनेटमा काभानीले गरेको गोल उरुग्वेलाई जित दिलाउन पर्याप्त रह्यो ।

उरुग्वेले समूह चरणमा ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको पाराग्वेको ६ अंक रह्यो ।

दुवै टिम यसअघिनै क्वार्टरफाईनल पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार