२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ टी-ट्वान्टी विश्वकप युएई र ओमानमा हुने

टी-ट्वान्टी विश्वकप युएई र ओमानमा हुने

एजेन्सी । भारतमा आयोजना हुने भनिएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ ।

भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ । आईसीसीले प्रतियोगिताको आयोजक भने बीसीसीआई नै रहने जनाएको छ ।

आईसीसीले विश्वकप युएईको चार र ओमानको एक मैदानमा हुने जनाएको छ ।

१६ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर १७ बाट सुरु हुने बताईएको छ । फाइनल खेल नोभेम्बर १४ मा हुने बताईएको छ  ।

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट सकिएको दुई दिनपछि विश्वकप सुरु हुने बताईएको छ  ।

कोरोनाको कारण आईपीएलको बाँकी खेलहरु युएईमा हुदैछ । आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने क्रिकइन्फोले जनाएको छ ।

प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।  यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार