गृहपृष्ठ कांग्रेस नेता चन्द्र भण्डारीका भाई डा. शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु
कांग्रेस नेता चन्द्र भण्डारीका भाई डा. शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई डा. शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
आज साझ करिब साढे ८ बजे भएको सो सवारी दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






