२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ क्वाटरफाइनलमा कुन टिमको प्रतिद्वन्दी को ? (सम्पूर्ण जानकारी)

क्वाटरफाइनलमा कुन टिमको प्रतिद्वन्दी को ? (सम्पूर्ण जानकारी)

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  ।

तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

क्वाटरफाइनल समीकरण :

शुक्रबार राति ९:४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार