२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमिफाईनलमा

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमिफाईनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाईनल पुर्याउन पर्याप्त बन्यो ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको करिब ५० मिनेटको समय ब्राजिलले १० खेलाडीमा सिमिति बनेर खेलेको थियो ।

चिलीलाई रोक्दै आयोजक देश सेमिफाईनल प्रवेश गरेको छ । ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ ।

शनिबारको पहिलो क्वार्टरफाईनलको खेलमा पेरुसंग पाराग्वे स्तब्ध बन्यो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४–३ ले बाजी मार्यो ।

क्वार्टरफाईनलको अन्य खेलमा उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडर भिड्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार