२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ कोनमेबोलको निर्णयप्रति नेयमार असन्तुष्ट

कोनमेबोलको निर्णयप्रति नेयमार असन्तुष्ट

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले ग्राबिएल जिजुसमाथि लगाईएको प्रतिबन्धबारे दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कोनमेबोल) को आलोचना गरेका छन् ।

नेयमारले सामाजिक संजालबाट जिजुसलाई गरिएको प्रतिबन्धबारे कोनमेबोलको आलोचना गरेका हुन् । नेमायरले कोनमेबोलको निर्णयले दुखी तुल्याएको समेत उल्लेख गरेका छन् ।

‘यस्तो निर्णय गर्ने मानिसको हातमा हुनु धेरै दुखको कुरा हो । उनीहरुले खेल्नको लागि राम्रो विश्लेषण गरे । हामीले उनीहरुलाई बधाई दिनुपर्छ,’ नेयमारले इन्स्टाग्राममा लेखेका छन् ।

कोपा अमेरिका अन्तर्गत चिलीविरुद्धको क्वाटरफाइनल खेल दौरान जिजुसले रातो कार्ड पाएका थिए ।

Brazil overcomes Gabriel Jesus red, edges Chile in Copa America - Sports  Illustrated

चिलीमा मिनालाई खतरनाक फ्लाईङ किक प्रहार गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए ।

उक्त रातो कार्डसँगै कोनमेबोलले उनलाई २ खेलको प्रतिबन्ध लगाएको थियो । उनलाई पाँच हजार जरिवाना समेत गरिएको थियो ।

जिजुसले पनि कोनमेबोलको निर्णय प्रति असन्तुष्टी जनाएका छन् ।

‘दुई खेलको प्रतिबन्ध । कुनै अपील छैन । बधाई छ कोनमेबोल । मलाई लाग्छ के भएको थियो तपाईले सहि देख्नु भएन,’ उनले लेखेका छन् ।

प्रतिबन्धको कारण जिजुसले पेरुविरुद्धको सेमिफाइनल खेल गुमाएका थिए । अब उनले अर्जेन्टिनाविरुद्धको फाइनल समेत गुमाउने छन् ।

ब्राजिलले कोपाको फाइनलमा आइतबार अर्जेन्टिनासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार