गृहपृष्ठ लायन्स क्लब अफ बुटवल इलाइटको लायन्स मेम्बर ओरियन्टेशन कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ बुटवल इलाइटको लायन्स मेम्बर ओरियन्टेशन कार्यक्रम सम्पन्न
बुटवल । लायन्स क्लब अफ बुटवल इलाइटको लायन्स मेम्बर ओरियन्टेशन कार्यक्रम क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्यको अध्यक्षतामा बुटवल स्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि LCIF Co-ordinator र Extention Person MFI Lion सन्दिप कसौधनले लायन्सको समाजमा महत्व तथा यसले गर्ने समाजसेवाको महत्व, लायन्सको विगत र अहिलेसम्मको यात्राको बारेमा प्रस्ट्याउनु भएको थियो।
त्यस्तै कार्यक्रमका विशिस्ट अतिथि GST Co-ordinator MJF Lion राधिका भुषालले क्लबलाई शुभकामना मन्तव्य दिनुभएको थियो। अतिथि Area 4 Chief र Guideline Person MJF Lion कल्पना सिवाकोटीले क्लबका पदाधिकारीहरुको काम कर्तव्य तथा अधिकारको बारेमा जानकारी गराउनुभएको थियो । अतिथि Area 4 Seretury Guideline Person MJF Lion डा. शान्ता शर्माले क्लबलाई शुभकामना मन्तव्य दिनुभएको संगै अतिथि Area 4 Treasure र Extention Person MJF Lion किरण ज्ञवालीले क्लबमा हुने आर्थिक पक्षको बारेमा जानकारी दिनुभएको थियो।
कार्यक्रममा सम्पूर्ण प्रशिक्षकले लायन्स क्लब अफ बुटवल इलाइटका सदस्यहरुलाई आगामी बर्षको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष Lion अरुण कुमार ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिव सुवास अर्यालले गर्नुभएको थियो।





