गृहपृष्ठ तिलोत्तमा मणिग्राम युथ क्लबद्वारा टोल सरसफाई कार्यक्रम सम्पन्न
तिलोत्तमा मणिग्राम युथ क्लबद्वारा टोल सरसफाई कार्यक्रम सम्पन्न
तिलोत्तमा । तिलोत्तमा मणिग्राम युथ क्लबले क्लबको कार्ययोजना अनुरुप टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय समाजमा युवाहरु समाज सेवामा तिब्र अग्रसर भइरहेको समयमा तिलोत्तमा युथ क्लब पनि यस तर्फ अग्रसर भइरहेको छ ।
क्लबले आज तिलोत्तमा नगरपालिका अन्तर्गत वडा नं. ५ मणिग्रामको मुख्य मणिग्राम चोकमा सरसफाई कार्यक्रम गरेको थियो । सरसफाईकै क्रममा क्लब मेम्बरहरुले सडकमा आवतजावत गर्ने केहि व्यक्तिहरुलाई सरसफाई सम्बन्धि सचेतना पनि दिएका थिए ।
क्लबले अब यो कार्यलाई निरन्तर रुपमा अगाडी बढाइ तिलोत्तमाका धेरै क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गर्ने क्लबको लक्ष्य रहेको क्लबका उपाध्यक्ष राज देबकोटाले बताए । त्यस्तै क्लबलाई ससक्त रुपमा अगाडी बढाइ अझ राम्रो संग सामाजिक कार्यमा अगाडी बढ्ने कुरा अध्यक्ष प्रदिप खरालले जानकारी दिए ।









