२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ इन्टर मिलान इटालियन सिरीएको शीर्ष स्थान

इन्टर मिलान इटालियन सिरीएको शीर्ष स्थान

काठमाडौँ । लौटारो मार्टिनेजको ह्याट्रिकसंगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५-० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरीए को शीर्ष स्थानमा उक्लिएको छ ।

यससँगै इन्टरले सिरीए मा पछिल्लो चार खेलको जितविहिन यात्रामा समेत पूर्णविराम लगाएको छ । मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन् । सिरी ‘ए’ मा उनको यो ५०औं गोल हो ।

२७ खेलबाट इन्टरको ५८ अंक छ । समान खेलमा दोस्रो स्थानको नेपोली र एसी मिलानको समान ५७ अंक रहेको छ । चौथो स्थानको युभेन्टसको ५० र पाँचौ स्थानको एट्लान्टाको ४७ अंक छ ।

२२औं मिनेटमा मार्टिनेजले इन्टरका लागि गोल खाता खोलेका थिए । ४०औं मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । ५६औं मिनेटमा मार्टिनेजले इन्टरका लागि ह्याट्रिक पूरा गरेका थिए । त्यसको आठ मिनेटपछि इडेन जेकोले इन्टरका लागि चौथो गोल गरे ।

६९औं मिनेटमा जेकोले गरेको गोलमा इन्टर सानदार जित पक्का गर्दै शीर्ष स्थानमा फर्किएको हो । इन्टरले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो खेलमा लिभरपुलको सामना गर्दैछ । पहिलो लेगमा इन्टरले लिभरपुललाई नतिजा सुम्पिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार