२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम

मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ । देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका कतिपय भूभागमा सामान्यतया मौसममा बदली भएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

आज (शनिबार) देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

भोलि (आइतबार) देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ।

पर्सि (सोमबार) गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार